लक्षण नदेखिएका विद्यार्थीको पीसीआर परीक्षण नगराई परीक्षामा सामेल गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएका विद्यार्थीको पीसीआर परीक्षण नगराई परीक्षामा सामेल गराउन निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ।
आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पनि पीसीआर परीक्षण चाहिने भन्ने कलेजहरुको भनाई वैज्ञानिक नभएको भन्दै यस्ता लक्षण नभएका विद्यार्थीलाई पीसीआर परीक्षण अनिवार्य नगराउन अनुरोध गरेका हुन्।
उता निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई परीक्षामा सामेल हुनका लागि अनिवार्य पीसीआर परीक्षण गर्न सूचना जारी गरेको छ । आज उक्त निर्णय कार्यान्वयन नगर्न मन्त्रालयले कलेजहरुलाई निर्देशन दिएको हो ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?