देशभर १५७३ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ८०९ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५७३ संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै ८०९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३३ जना, ललितपुरमा १०४ जना र भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो समय काठमाडौं कोरोना हटस्पट नै बनेको छ । प्रत्येक दिन ५ सय बढी दैनिक रुपमा संक्रमित थपिने क्रम रोकिएको छैन्। मन्त्रालयले घनावस्ती भएका काठमाडौं उपत्यका, चितवन, नेपालगंज, सुर्खेत लगायतका शहरहरु कोरोना संक्रमणको बढी जोखिममा रहेको बताउँदै यी जिल्लाहरुमा विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।
गत २४ घण्टामा उपत्यकामा काठमाडौंका ३ जना र ललितपुरका २ जना पुरुष गरी ५ जना संक्रमितसहित थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु