बढ्दो संक्रमण : नेपालमा एकैदिन १५७३ जनामा कोरोना पुष्टि
२४ घण्टामा थप १० जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १५७३ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा हाल कुल कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ८८५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
आज डिस्चार्ज भएकाहरुसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । उता यही २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको मन्त्रालयले जनाएको छ । देशभर अहिले १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्। सरकारले २५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगेमा पुन: लकडाउन गर्ने जनाएको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स