२२४ संक्रमितको आईसीयूमा र २७ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा २२४ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालका आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २२४ जना आईसीयूमा र २७ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा १५ जना आईसीयूमा र एक जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा २० जना संक्रमित आईसीयूमा छन्। बाग्मतीमा १२१ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी गण्डकीमा ६ जना, प्रदेश ५ मा ४४ जना आईसीयूमा रहेका छन्। प्रदेश ५ मा ३ जना सिकिस्त भएका संक्रमितको भने भेन्टिलेटरमा उपचार भइहरेको छ ।
यसैगरी कर्णाली प्रदेशमा १८ जना संक्रमित आईसीयूमा रहेका छन्। सुदूरपश्चिममा भने संक्रमित आईसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले जनाएका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त