काठमाडौं उपत्यकामा कोरोना कहर : थप ७२४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा कोरोेना कहर रोकिने संकेत नै देखिएको छैन्। पछिल्लो एक महिनादेखि दैनिक रुपमा काठमाडौं उपत्यकामा सयौंको संख्यामा संक्रमित फेला पर्दै आएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेहरुमा काठमाडौंमा सबैभन्दा धेरै ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका छन्।
यसैगरी उपत्यकामा गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका २० र ७४ वर्षीय पुरुष संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी भक्तपुरका ८८ वर्षीय पुरुष र ललितपुरका ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट आज मृत्यु भएको छ ।
देशभर आज १२०७ जना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा १८ हजार ३४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित