काठमाडौं उपत्यकामा कोरोना कहर : थप ७२४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा कोरोेना कहर रोकिने संकेत नै देखिएको छैन्। पछिल्लो एक महिनादेखि दैनिक रुपमा काठमाडौं उपत्यकामा सयौंको संख्यामा संक्रमित फेला पर्दै आएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेहरुमा काठमाडौंमा सबैभन्दा धेरै ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका छन्।
यसैगरी उपत्यकामा गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका २० र ७४ वर्षीय पुरुष संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी भक्तपुरका ८८ वर्षीय पुरुष र ललितपुरका ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट आज मृत्यु भएको छ ।
देशभर आज १२०७ जना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा १८ हजार ३४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने