आइओएमका डीन डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण
शिक्षण अस्पतालका डाक्टरसहित सय भन्दा बढी व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई दिनदेखि ज्वरो आउने, खोकी लाग्ने भएपछि शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा शाहले हेल्थ टिभी अनलाइनलाई बताएकी छिन्। डा शाहले भनिन, ‘केही दिनदेखि ज्वरो आउने, थकान महशुस भइरहेको थियो, कोरोना आशंकामा परीक्षण गर्न स्वाब दिएको थिएँ रिपोर्ट पोजेटिभ आयो । अहिले खासै स्वास्थ्य समस्या छैन्, त्यसैले होम आइसोलेसनमा बसेकी छु।’
डा शाहले डीन कार्यालयमा एक जना स्टाफमा कोरोना पोजटिभ भएकाले सोही कर्मचारीबाट सरेको हुनसक्ने भए पनि एकिनका साथ कहाँबाट सर्यो भन्ने थाहा नभएको बताइन्। उनले आफूले यसविचमा धेरै हाइ लेबल मिटिङहरु गरेकाले आफ्नो कन्ट्याक्टमा आएका सबैलाई सतर्क रहन र केही लक्षण देखिएमा परीक्षण गर्न सुझाव दिएकी छिन्। डा शाहले यहीविचमा अनसनरत डा गोविन्द केसीलाई पनि भेटेकी थिइन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा