थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४५९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ६ जना संक्रमितको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेहरुमा ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंकी ७५ वर्षीया महिला, मोरङका एक महिला र एक पुरुष रहेका छन् । त्यसैगरी सप्तरीका७० वर्षीय एक पुरुष र कपिलवस्तुकी ७० वर्षीया महिला गरी ६ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा कुरा गर्दा शून्य दशमलब ६५ प्रतिशत मात्र मृत्युदर रहेको पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण