थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४५९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ६ जना संक्रमितको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेहरुमा ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंकी ७५ वर्षीया महिला, मोरङका एक महिला र एक पुरुष रहेका छन् । त्यसैगरी सप्तरीका७० वर्षीय एक पुरुष र कपिलवस्तुकी ७० वर्षीया महिला गरी ६ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा कुरा गर्दा शून्य दशमलब ६५ प्रतिशत मात्र मृत्युदर रहेको पाइन्छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु