यी ६ जिल्लामा छैनन् सक्रिय कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : हाल नेपालका ६ वटा जिल्ला कोरोना संक्रमित शून्य जिल्ला भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ६ जिल्लाका सबै कोरोना संक्रमित निको भएपछि यी जिल्ला संक्रमित शून्य जिल्ला घोषित भएका हुन्।
कोरोना संक्रमित शून्य जिल्लाहरुमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। यी जिल्लाहरुका सबै संक्रमित निको भएर आइसोलसनबाट डिस्चार्ज भइसकेका छन्।
त्यसो त कोरोना संक्रमित नेपालका ७७ वटै जिल्लामा देखा परेका थिए । तर अन्य जिल्लामा सक्रिय संक्रमित अहिले पनि रहेका छन् भने यी ६ जिल्लामा एक जना पनि सक्रिय संक्रमित छैनन्।
नेपालमा हालसम्म देभरभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी कोरोना जितेर निको हुनेको संख्या ५० हजार ४११ पुगेको मन्त्रालयले जनाएको छ । यी सबै गरेर नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने हालसम्म ४५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु