पोखरामा कोरोना संक्रमित महिलाले शल्यक्रिया मार्फत जन्माइन् बच्चा
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले शल्यक्रिया मार्फत बच्चा जन्माएकी छिन्।
भारतको विहार मोतीहारी घर भई पोखरा बस्दै आएकी २४ वर्षीया महिलाको बिहीबार साढे १ बजे शल्यक्रिया गरी बच्चा निकालिएको हो । आमाको स्वास्थ्य अवस्था सामानय रहेको अस्पतालले जनाएको छ । बच्चालाई भने एनआइसियुमा राखेर उपचार भइहरेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताएका छन्।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा चुममाया पुनको नेतृत्वमा शल्यक्रिया भएको थियो। असोज ५ गते अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन