नेपालगञ्जका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एकलैनीका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
असोज ६ गते स्वास्थ्यमा समस्या आएर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताएका छन्।
उनको उपचारकै क्रममा आज मृत्यु भएको हो । अवस्था गम्भीर भएपछि उनमा रेमडिसिभिर औषधि समेत चलाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार मृतक उच्च रक्तचापका बिरामी थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन