नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १४९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै आज ७५५ नयाँ संक्रमित थपिएका छन्। उपत्यकामा काठमाडौंका ६०९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने १७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । उता कोरोना संक्रमणबाट ४५३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु