Health TV Online
Health TV Online
Health TV Online

कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हाइजिन’ र ‘डिप्लोमा इन फार्मेसी’ मा भर्ना खुल्यो

कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हाइजिन’ र ‘डिप्लोमा इन फार्मेसी’ मा भर्ना खुल्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले दुई वटा विषयमा भर्नाको लागि आव्हान गरेको छ ।

कलेजले डिप्लोमा इन फार्मेसी र डेन्टल हाइजिनमा भर्ना खुलाएको हो । कलेजले सूचना जारी गर्दै डिप्लोमा इन फार्मेसी ३ वर्षे र सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन)  ३ वर्षे कार्यक्रमका लागि भर्ना खुलाएको हो ।

सीटीइभीटीबाट सम्बन्धन प्राप्त र व्यवसायिक तालिम परिषदद्धारा मान्यता प्राप्त कलेजले खोलाएको कार्यक्रमका लागि एसएलसी\एसइइ उत्तिर्ण गरेको र विज्ञान, गणित, अंग्रेजी विषयमा ‘सी’ ग्रेड ल्याएको तथा कुल २ जीपीए हुनेहरुले आवेदन दिन सक्ने छन्। दुबै विषय पढेका दक्ष जनशक्ति नेपालमा र विदेशमा समेत माग हुने र तुरुन्त जागिर पाइहाल्ने प्राविधिक विषय भएको कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनाए ।

भर्ना हुन इच्छुक विद्यार्थीले असोज १५ गतेसम्म दरखास्त दिन सक्ने कलेजले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना