Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालय भन्छ, संक्रमित बढे पनि अब लकडाउन हुँदैन्

स्वास्थ्य मन्त्रालय भन्छ, संक्रमित बढे पनि अब लकडाउन हुँदैन्

हेल्थ टिभी अनलाइन\काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गए पनि लकडाउन गर्ने अवस्थामा नभएको जनाएको छ ।

दशैं तिहार जस्ता ठूला चाडबाड आउने क्रममा छन्। यो बेला धेरैको मनमा यताउता जाने बेला लकडाउनका कारण विचमा परिन्छ की भन्ने लागिरहेको पनि होला । यदि त्यसो सोचेको भए सरकार अब कुनै पनि हालतमा लकडाउनको मुडमा नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई संक्रमित बढिरहेका छन् अब के हुन्छ त भन्ने प्रश्नमा उनले आफूहरु जुनसुकै अवस्था आए पनि लकडाउनमा नजाने जनाएका हुन्। उनले भने, ‘कोरोना आज भोलि सकिने भाइरस हैन् त्यसैले अझै २ वर्षसम्म यसलाई हामीले झेल्न पर्ने हुनसक्छ । अनि के २ वर्ष सम्म लकडाउन गर्ने त उनले प्रतिप्रश्न गरे ।’  उनले मानिस रोग लाग्नु भन्दा अघि भोकले मर्न थाले त्यसैले लकडाउन गरेर धेरैको ज्यान जोखिममा पार्नु मुर्खता हुने बताए ।

डा गौतमले सबै जनाले अब जनस्वास्थ्यका मापदण्डलाई मुल मन्त्रका रुपमा लागू गर्दै अघि बढ्नुपर्ने बताए । सामाजिक दूरी कायम गर्ने, भिडभाडमा जाँदा मास्क अनिवार्य लगाउने र साबुन पानीले हात धोइरहने कामलाई निरन्तरता दिंदै अन्य गतविधि पनि अघि बढाउनै पर्छ । नागरिकलाई कोरोनाबाट बचाउन सरकारले जति काम गरे पनि व्यक्ति स्वयं सचेत नभएसम्म कोरोना नियन्त्रण हुन असम्भ रहेको भन्दै डा गौतमले सबै जना आफै सचेत हुनुपर्ने बताए ।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै झण्डै ४ महिला लकडाउन गरेको थियो । लकडाउनका कारण दैनिक काम गरेर गुजारा चलाउनेलाई हात मुख जोर्न नै समस्या भएपछि सरकारले लकडाउनको अन्त्य गर्दै जीवनलाई सामान्य बनाउन सुझाव दिएको थियो । मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले कोरोना सँगै जिउनुको विकल्प नरहेको भन्दै अब लकडाउन निषेधाज्ञाले झनै समस्या निम्त्याउने बताए । त्यसैले अहिले स्वास्थ्य मन्त्रालयले लकडाउन निषेधाज्ञाबारे सोचेकै छैन्, उनले थपे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना