Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालय भन्छ, संक्रमित बढे पनि अब लकडाउन हुँदैन्

स्वास्थ्य मन्त्रालय भन्छ, संक्रमित बढे पनि अब लकडाउन हुँदैन्

हेल्थ टिभी अनलाइन\काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गए पनि लकडाउन गर्ने अवस्थामा नभएको जनाएको छ ।

दशैं तिहार जस्ता ठूला चाडबाड आउने क्रममा छन्। यो बेला धेरैको मनमा यताउता जाने बेला लकडाउनका कारण विचमा परिन्छ की भन्ने लागिरहेको पनि होला । यदि त्यसो सोचेको भए सरकार अब कुनै पनि हालतमा लकडाउनको मुडमा नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई संक्रमित बढिरहेका छन् अब के हुन्छ त भन्ने प्रश्नमा उनले आफूहरु जुनसुकै अवस्था आए पनि लकडाउनमा नजाने जनाएका हुन्। उनले भने, ‘कोरोना आज भोलि सकिने भाइरस हैन् त्यसैले अझै २ वर्षसम्म यसलाई हामीले झेल्न पर्ने हुनसक्छ । अनि के २ वर्ष सम्म लकडाउन गर्ने त उनले प्रतिप्रश्न गरे ।’  उनले मानिस रोग लाग्नु भन्दा अघि भोकले मर्न थाले त्यसैले लकडाउन गरेर धेरैको ज्यान जोखिममा पार्नु मुर्खता हुने बताए ।

डा गौतमले सबै जनाले अब जनस्वास्थ्यका मापदण्डलाई मुल मन्त्रका रुपमा लागू गर्दै अघि बढ्नुपर्ने बताए । सामाजिक दूरी कायम गर्ने, भिडभाडमा जाँदा मास्क अनिवार्य लगाउने र साबुन पानीले हात धोइरहने कामलाई निरन्तरता दिंदै अन्य गतविधि पनि अघि बढाउनै पर्छ । नागरिकलाई कोरोनाबाट बचाउन सरकारले जति काम गरे पनि व्यक्ति स्वयं सचेत नभएसम्म कोरोना नियन्त्रण हुन असम्भ रहेको भन्दै डा गौतमले सबै जना आफै सचेत हुनुपर्ने बताए ।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै झण्डै ४ महिला लकडाउन गरेको थियो । लकडाउनका कारण दैनिक काम गरेर गुजारा चलाउनेलाई हात मुख जोर्न नै समस्या भएपछि सरकारले लकडाउनको अन्त्य गर्दै जीवनलाई सामान्य बनाउन सुझाव दिएको थियो । मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले कोरोना सँगै जिउनुको विकल्प नरहेको भन्दै अब लकडाउन निषेधाज्ञाले झनै समस्या निम्त्याउने बताए । त्यसैले अहिले स्वास्थ्य मन्त्रालयले लकडाउन निषेधाज्ञाबारे सोचेकै छैन्, उनले थपे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार