Health TV Online
Health TV Online
Health TV Online

नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका संक्रमितको मृत्यु

नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँके जिल्लाको नेपालञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ७ निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण हिजो मंगलबार साँझ मृत्यु भएको हो ।

असोज ४ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको कोरोना आशंकामा परीक्षण गर्दा ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसलगत्तै अस्पतालकोआइसालेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनदै गएर उपचारकै क्रममा हिजो मृत्यु भएको हो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर अस्पतालमा भर्ना भई उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको स्वास्थ्य कार्यालयका प्र्र्र्र्र्र्र्रमुख नरेश श्रेष्ठले जनाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना