डा केसीलाई ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल लगियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : डा गोविन्द केसीले ट्रमा सेन्टरमा कुनै सेवा लिन नमानेपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्ला पुगेर अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि हिजो नेपालगञ्ज ल्याएर भेरी अस्पतालमा राखिएको थियो । उनलाई आज काठमाडौं ल्याएपछि सिधै राष्ट्रिय ट्रमा सेन्टर पुराइएको थियो । डा केसीले शिक्षण अस्पताल गएर अनसन जारी राख्ने जनाएका थिए । तर उनलाई उता लगिएपछि एकछिन प्रहरीसँग भनाभन भएको थियो ।
ट्रमामा उनको उपचारका लागि टोली नै बनाइएको भए पनि उनले आफूलाई जबरजस्ती ल्याइएको भन्दै उपचार लिन मानेका थिएनन र त्यसपछि ट्रमाबाट उनलाई डिस्चार्ज गरी शिक्षण अस्पताल पठाइएको हो । उनका समर्थकहरुले ट्रमा अस्पतालमा केहीबेर नाराबाजी समेत गरेका थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु