भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण
डा थापाकी श्रीमतीलाई पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको उनले हेल्थ टिभी अनलाइनलाई बताएका छन्। दुई दिनदेखि ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि कोरोना आशंकामा परीक्षण गर्दा आज संक्रमण पुष्टि भयो तर ठुलो स्वास्थ्य समस्या त्यस्तो केही भएको छैन्, उनले भने ।
कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएका डा थापा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिंदा संक्रमणमा परेका हुन् । उनले आफूले संक्रमितसँग प्रत्यक्ष रुपमा काम गर्नुपर्ने भएकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको जनाए । ढिलो चाँडो मात्र हो सबै स्वास्थ्यकर्मी यसका लागि तयार नै हुनुपर्छ उनले थपे ।
डा थापाकी श्रीमतीलाई पनि १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । माइक्रोबायोलोजिष्ट उनकी श्रीमती र उनी यतिबेला होम आइसोलेसनमा रहेका छन्। भेरी अस्पतालमा मात्रै यसभन्दा अघि चिकित्सकसहित ३० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै