उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार
आज संक्रमण हुनेहरुमा काठमाडौंका ५११, भक्तपुरका ६३ जना र ललितपुरका ७३ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज मात्रै ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म ४८ हजार ०६१ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु