कान्ति बाल अस्पतालमा गरिब तथा विपन्न बालबालिकाका लागि आकस्मिक सेवा नि:शुल्क

हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा गरिब तथा विपन्न बालबालिकाका लागि प्रारम्भिक आकस्मिक उपचार सेवा निशुल्क हुने भएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै सरकारको निती तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।
यस विषयमा कान्ति बाल अस्पतालमा निर्देशक डा कृष्ण पौडेलले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘हामीले कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्यान गुमाउने अवस्था नआओस भनेर यो सेवा शुरु गरेका छौं । आशा छ यसले धेरै बालबालिकालाई ठुलो राहत हुनेछ ।’
उनले यो सेवा हाल जन्मेदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको हकमा लागू हुने भए पनि यसलाई बढाएर १८ वर्षसमम बनाउने लक्ष्य रहेको जनाए । यसअघि केही दिन अघि मात्र राष्ट्रिय ट्रमा सेन्टरले पनि विपन्नका लागि आकस्मिक निशुल्क सेवा शुरु गरेको थियो
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना