डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक बिधिबाट पाठेघरको शल्यक्रिया
शेर भण्डारी \डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक बिधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।
पहिलो पटक अस्पतालमा दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो । पछिल्लो १० दिनमा चार जनाको दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।चारै जनाको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर राजन शाह नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरेको हो ।
सुदूरपश्चिम प्रदेशभरमै पहिलो पटक डडेल्धुरा अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट ड जगदीशचन्द्र विष्टले जानकारी दिए । प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब दूरबिन प्रविधिबाट सम्भव भएको डा शाहले बताए । दूरबिन प्रविधिबाट शल्यक्रिया बिरामीका लागि स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी हुने उनको भनाइ छ ।
उनका अनुसार दूरबिनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ । शल्यक्रियाको अर्को दिन बिरामी हिँड्न सक्छ । पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने तथा बिरामीले महिनौंसम्म आराम गर्नुपर्ने आवश्यकता नहुने डा शाहले बताए । उनका अनुसार दुई–तीन दिनमा अस्पताल बसाइँ सकेर बिरामी एक हप्तामा आफ्नो नियमित काममा फर्किन सक्छ । यो शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको उनको भनाइ छ । ‘हाम्रो आखाले नदेख्ने कतिपय कुरालाई दूरबिनले अझै स्पष्ट गरेर देखाउँछ ।’ उनले भने,‘शल्यक्रियामा दूरबिन प्रविधि सबैभन्दा उत्कृष्ट हो ।’ अस्पतालमा शल्यक्रिया गरिएको चार जनामध्ये तीन जना डिस्चार्ज भइसकेको र एकजना उपचाररत रहेको डा शाहले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण