दर खाँदा ५० जना बिरामी
काभ्रे : पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार दर खाने क्रममा ५० भन्दा बढी बिरामी भएका छन्। स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्थाले तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो।
विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याइएकाे छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट ५० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण