नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुग्यो
पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १६ जना संक्रमितको मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरुमा ३ जना महिला र १३ जना पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार झापा, सुनुसरी, पर्सा, चितवन रुपन्देही मा १ १ जना पुरुष संक्रमितको मृत्यु भएको छ । यसैगरी काठमाडौंमा २ जना पुरुष संक्रमित, ललितपुरमा १ महिला र १ पुरुष संक्रमित एवं भक्तपुरका २ जना पुरुष संक्रमितको पनि मृत्यु भएको छ । उता बाँकेमा २ जना पुरुष र दोलखामा १ जना ५२ वर्षीया महिला संक्रमितको पनि निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म ४२७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।
नेपालमा कोरोना संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत जम्मा शून्य दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण