नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुग्यो
पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १६ जना संक्रमितको मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरुमा ३ जना महिला र १३ जना पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार झापा, सुनुसरी, पर्सा, चितवन रुपन्देही मा १ १ जना पुरुष संक्रमितको मृत्यु भएको छ । यसैगरी काठमाडौंमा २ जना पुरुष संक्रमित, ललितपुरमा १ महिला र १ पुरुष संक्रमित एवं भक्तपुरका २ जना पुरुष संक्रमितको पनि मृत्यु भएको छ । उता बाँकेमा २ जना पुरुष र दोलखामा १ जना ५२ वर्षीया महिला संक्रमितको पनि निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म ४२७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।
नेपालमा कोरोना संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत जम्मा शून्य दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना