काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ६७४ जना कोरोना संक्रमित फेला परेका छन।
आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ र ललितपुरका ६२ जना रहेका छन्। देशभर आज ११५४ जना संक्रमित भेटिंदा उपत्यकामा मात्रै ६७४ संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितको संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ भने ४२७ जनाको मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण