पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ११५४ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । गत २४ घण्टामा थप १००५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशका विभिन्न स्थानमा १६ जना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकाहरुसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयाका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
यतिबेला देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित