पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ११५४ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । गत २४ घण्टामा थप १००५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशका विभिन्न स्थानमा १६ जना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकाहरुसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयाका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
यतिबेला देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित रहेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना