१९० जना कोरोना संक्रमितको आइसीयूमा र ३६ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल १९० जना कोरोना संक्रमित देशका विभिन्न आइसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल १९० जना कोरोना संक्रमित आइसीयू र ३६ जना संक्रमित सिकिस्त भएपछि भेन्टिलेटरमा रहेका छन्।
शुरुवात चरणमा नेपालमा कोरोना संक्रमितमा खासै लक्षण देखिएको थिएन। तर पछिल्लो चरणमा पुष्टि भएका अधिकांश संक्रमितमा लक्षण देखिने मात्र हैन सिकिस्त समेत हुँदै आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ९ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने १ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा १६ जना आइसीयूमा रहेका छन्। बाग्मती प्रदेशमा भने सबैभन्दा धेरै १२६ जना संक्रमित आइसीयू र ३३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। गण्डकी प्रदेशमा ५ जना आइसीयूमा रहेका छन्। उता प्रदेश ५ मा २३ जना आइसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्। कर्णाली प्रदेशमा ११ जना आइसीयूमा रहेको जनाइएको छ । सुदूरपश्चिममा भने कोही पनि संक्रमित आइसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन