Health TV Online
Health TV Online
Health TV Online

१९० जना कोरोना संक्रमितको आइसीयूमा र ३६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

१९० जना कोरोना संक्रमितको आइसीयूमा र ३६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल १९० जना कोरोना संक्रमित देशका विभिन्न आइसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल १९० जना कोरोना संक्रमित आइसीयू र ३६ जना संक्रमित सिकिस्त भएपछि भेन्टिलेटरमा रहेका छन्।

शुरुवात चरणमा नेपालमा कोरोना संक्रमितमा खासै लक्षण देखिएको थिएन। तर पछिल्लो चरणमा पुष्टि भएका अधिकांश संक्रमितमा लक्षण देखिने मात्र हैन सिकिस्त समेत हुँदै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ९ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने १ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा १६ जना आइसीयूमा रहेका छन्। बाग्मती प्रदेशमा भने सबैभन्दा धेरै १२६ जना संक्रमित आइसीयू र ३३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। गण्डकी प्रदेशमा ५ जना आइसीयूमा रहेका छन्। उता प्रदेश ५ मा २३ जना आइसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्। कर्णाली प्रदेशमा ११ जना आइसीयूमा रहेको जनाइएको छ । सुदूरपश्चिममा भने कोही पनि संक्रमित आइसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना