उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ७६७ संक्रमित, ६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण हुनेहरुमा काठमाडौांका ६०२ जना, भक्तपुरका १०१ जना र ललितपुरका ६४ जना रहेका छन्। उपत्यका पछिल्लो समय कोरोना हटस्पट नै बनेको छ । प्रत्येक दिनजसो सयौँंको संख्यामा संक्रमित फेला पर्दै आएका छन्।
गत २४ घण्टामा देशभर १३२५ जना संक्रमित पुष्टि भएकोमा उपत्यकामा मात्र ७६७ जना फेला परेका हुन्। यसैगरी देशभर पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएकोमा उपत्यकामा मात्र ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ जना काठमाडौका, भक्तपुरका १ जना र ललितपुरका १ जनाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु