डिम्बाशय क्यान्सरसम्बन्धी जनचेतना जगाउन ‘वाकाथन’
ललितपुर : क्यान्सर मृत्यु होइन भन्ने सन्देश दिन क्यान्सर केयर नेपालले शनिबार ‘वाकाथन’ आयोजना गरेको छ। ललिपुरको जावलाखेलस्थित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबाट पाटन दरबार स्वायरसम्म वाकाथन गरिएको हो।

कार्यक्रममा चर्चित बलिउड अभिनेतृ मनिषा कोइरालासहित क्यान्सर विशेषज्ञ एवं सर्वसाधारण सहभागी थिए। वाकाथनपछि आयोजित कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाईँले सेप्टेम्बर डिम्बासय क्यान्सरसम्बन्धी जनचेतना जगाउने महिना भएकाले कार्यक्रम गरिएको बताइन्।

डिम्बाशय क्यान्सरमा पहिले लक्षण नदेखिने र पूरै फैलिसकेपछि मात्रै केही लक्षण देखिने हुनाले महिलाहरूले कम्तीमा वर्षमा एकपटक ‘ क्यान्सर छ कि छैन’ भनेर जाँच गराउन आवश्यक हुने बताइन्। कार्यक्रममा डिम्बाशय क्यान्सरबाट जोगिन सन्देशमूलक सडक नाटकसमेत देखाइएको थियो।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण