थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो
पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १३२५ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यसरी हालसम्म कोरोना संक्रमणमुक्त भएकाको संख्या ४६ हजार २३३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा नेपालमा १० जनाले ज्यान गुमाएका छन्। आज मृत्यु भएका यी १० जनासहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु