थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो
पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १३२५ जनामा कोरोना देखिएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यसरी हालसम्म कोरोना संक्रमणमुक्त भएकाको संख्या ४६ हजार २३३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा नेपालमा १० जनाले ज्यान गुमाएका छन्। आज मृत्यु भएका यी १० जनासहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण