शनिबार काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ७११ संक्रमित पुष्टि भएका छन्। जबकी देशभर २४ घण्टामा जम्मा १२०४ जनामा संक्रमण देखिएको छ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका मात्र ५७० जना, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक रुपमा सयौं संक्रमित देखिंदै आएका छन्। हिजो शुक्रबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ८५९ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने ४०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण