थप १२०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ हजार नाघ्यो
१४४७ जना कोरोना जितेर डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १२०४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । गत २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।
यसैगरी हाल नेपालमा देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै