‘काठमाडौं लगायतका ठूला शहरमा कोरोना संक्रमणको अवस्था झनझन खराब हुँदै’
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अवस्था काठमाडौं लगायतका ठूला शहरहरुमा झनझन खराब हुँदै गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ठूला शहरमा यतिबेला कोरोना नियन्त्रण गर्न ठूलो चुनौति भएको बताएका हुन्।
उनले काठमाडौंमा दिनहुँजसो हुने नारा जुलुस र भिडभाडले झनै कोरोना फैलिन मद्दत गरेको भन्दै यसो नगर्न आग्रह गरे । उनले आफूले शुरुका दिनदेखि भिडभाड नगर्न र नारा जुलुसमा सहभागी नहुन भन्दै आएको भए पनि यो क्रम नरोकिएको जनाए । यसको परिणाम कोरोना संक्रमितको संख्या काठमाडौं लगायतका शहरहरुमा बढ्दै गएको बताए ।
उनले यतिबेला गाउँमा भन्दा पनि घनाबस्ती भएका काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज लगायतका शहरहरुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले यतिबेला जे जस्तो असन्तुष्टि भए पनि नारा जुलुस, भिडभाड गर्ने उपयुक्त समय नभएको भन्दै सरकारको कोरोना नियन्त्रण गर्ने प्रयासमा सम्पूर्ण नागरिकको उत्तिकै भूमिका हुने भन्दै सबैलाई अति आवश्यक नपरेसम्म घर बाहिर ननिस्कन आग्रह गरे । डा गौतमले कोरोना संक्रमण बढिरहेकाले अति जोखिममा रहेका ६० वर्ष माथिका वृद्धवृद्धा र साना बालबालिकालाई घरबाहिर ननिस्कन समेत आग्रह गरेका छन्।
शुक्रबार मात्रै देशभर २ हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो भने काठमाडौं उपत्यकामा मात्रै ८५९ जना संक्रमित फेला परेका थिए । यो अहिलेसम्मकै एकैदिन देखिएको उच्च संख्या हो । मन्त्रालयले लकडाउन खुलेसँगै भिडभाड हुने र चहलपहल बढ्ने हुँदा यो बेला झनै ख्याल गर्नुपर्ने भन्दै यसबाट जोगिन अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।
पालमा हालसम्म कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ भने ३९० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !