वरिष्ठ आँखा रोग विशेषज्ञ डा रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले बरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुईतलाई नेपालको सबैभन्दा ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट विभूषित गरेको छ ।
तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा रुइतले हजारौं नेपालीको आँखाको ज्योती फर्काएका छन्। । म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका उनलाई आँखा स्वास्थ्य सेवामा पुर्याएको योगदानका लागि उक्त पदवी प्रदान गरिएको हो ।
राष्ट्रको गौरव बढाउन विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुराउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । सरकारले यसपटक उनीसहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने ५९४ जनालाई विभिन्न पदवीले सम्मान गरेको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य