Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४ जिल्लामा गरी थप १५ जनामा कोराना देखिएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३३ सय ५१ पुगेको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा नवरपरासीका ११ जना, पर्वतका २ जना, स्याङ्जाका १ जना र लमजुङका १ जना रहेका छन्।

आज संक्रमण हुनेमा पर्वत कुश्माकी ३५ वर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुन् भने नवलपरासीका १ जना ३७ वर्षीय महिला स्वास्थ्य स्वंसेविका हुन्। अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै