नेपालगञ्जका ४५ वर्षीय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उप महानगरपालिका वडा नं- १ निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बाँके स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
भदौ २९ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका उनको कोरोनाको आशंकामा पीक्षण गर्दा ३१ गते रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा पठाइएको भए पनि उनको उपचारकै क्रममा आज बिहिबार साँझ ५ :१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
विज्ञप्ति:






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण