थप ४ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, कैलालीकी ५७ वर्षीया महिला र चितवनकी ३६ वर्षीया महिलाको रहेका छन्। ३ महिला र १ पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।
नेपालमा संक्रमित हुनेहरुबाट मृत्युदर जम्मा शून्य दशमलब ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना