स्वास्थ्य मन्त्रालयले भन्यो, मृत्युपछि कोरोना परीक्षण नगर्नु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९का शंकास्पद व्यक्तिको मृत्यु पश्चात पीसीआर परीक्षण नगर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि शंकास्पद व्यक्तिको मृत्यु भएमा मृत्यु पश्चात पीसीआर परीक्षण गर्न नपर्ने बताएका हुन्।
उनले शंकास्पद व्यक्तिको मृत्यु भएमा सबै सुरक्षाको सबै उपाय अपनाएर शव व्यवस्थापन गर्ने र सो कार्यमा सलग्न सबै व्यक्ति अनिवार्य रुपमा आइसोलेसनमा बस्नुपर्ने बताए ।
यसअघि शंकास्पद व्यक्तिको मृत्यु पश्चात पनि कोरोना परीक्षण गरिंदै आएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम