काठमाडौं उपत्यकामा कोरोना कहर : २४ घण्टामा थपिए ६७६ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौंमा ५५५ , भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा देशभर १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।
उता २४ घण्टा १ हजार ६२ जना संक्रमित कोरोना निको भएर अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। योसँगै देशभर कोरोना जित्नेको संख्या ४० हजार ६३८ पुगेको छ। हाल देशभर १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम