काठमाडौं उपत्यकामा कोरोना कहर : २४ घण्टामा थपिए ६७६ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौंमा ५५५ , भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा देशभर १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।
उता २४ घण्टा १ हजार ६२ जना संक्रमित कोरोना निको भएर अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। योसँगै देशभर कोरोना जित्नेको संख्या ४० हजार ६३८ पुगेको छ। हाल देशभर १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना