एकैदिन थपिए १४ सय ५९ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप १४ सय ५९ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । गत २४ घण्टामा १ हजार ६२ जना संक्रमित कोरोना जितेर निको भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी हाल कोरोनाको आशंकामा ७ हजार २५० जना देशभरका विभिन्न जिल्लाका क्वारेन्टइनमा बसेका छन्।
यसैगरी हाल नेपालमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने