बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गिरीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई आज कोरोना पुष्टि भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले आफूले प्रतिष्ठानको कामको शिलशिलामा सम्पूर्ण सुरक्षा उपाय अपनाएर काम गरिरहेको भए पनि आज साँझ कोरोना संक्रमित हुन पुगेको जनाएका छन्।
यसका साथै उनले आफूमा कुनै लक्षण नदेखिएको र होम आइसोलेसनमा रहेको पनि जानकारी गराएका छन्। आफनो सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन पनि उनले आग्रह गरेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम