काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ५१२ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५१२ जना संक्रमित थपिएका हुन्। यसरी संक्रमण हुनेहरुमा काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। यसैगरी गत २४ घण्टामा ८७९ जना कोरोना जितेर निको भएका छन्।
यसरी कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । आज देशभर ११ सय ७० जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १५ हजार ३९३ जना सक्रिय संक्रमित रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम