सर्पदंश उपचार केन्द्र सञ्चालनमा

बाँके : राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको २० लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग र नेपाली सेनाको नौ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो।
बिरामीको उपचारमा सहजता ल्याउन स्थानीय बासिन्दाले केन्द्रमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेहर गणको सक्रियता तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त केन्द्र बहीबारगाउँपालिकाका अध्यक्ष लाहुराम थारूले उदघाटन गरे।
तीन शय्याको उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका र त्यस आसपासका क्षेत्रका ५१ हजारभन्दा बढी नागरिक लाभान्वित हुने जानकारी दिइएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने