सर्पदंश उपचार केन्द्र सञ्चालनमा
बाँके : राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको २० लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग र नेपाली सेनाको नौ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो।
बिरामीको उपचारमा सहजता ल्याउन स्थानीय बासिन्दाले केन्द्रमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेहर गणको सक्रियता तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त केन्द्र बहीबारगाउँपालिकाका अध्यक्ष लाहुराम थारूले उदघाटन गरे।
तीन शय्याको उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका र त्यस आसपासका क्षेत्रका ५१ हजारभन्दा बढी नागरिक लाभान्वित हुने जानकारी दिइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’