धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ ।
मोरङको धनपालथानका ४० बर्षीय पुरुषको आइतबार राती कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । अर्थौ वार्डमा भदौ २६ गते भर्ना भएका उनमा सोही दिन कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनमा कुनै दीर्घरोग नभएको पनि अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति