सरकारले फेरी घटायो कोरोना परीक्षण शुल्क, अब २ हजारमै परीक्षण हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले दोस्रोपटक कोरोनाको पीसीआर परीक्षण शुल्क घटाएको छ ।
अबदेखि पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ रहने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। डा गौतमले अन्राष्ट्रिय बजारमा पीसीआर परीक्षणमा लाग्ने रिएजेन्टको मूल्य घटेकाले शुल्क समायोजन गरी घटाएको जनाएका छन्। सरकारको यो निर्णसँगै अब सरकारी तथा निजी प्रयोगशालाहरुले पीसीआर परीक्षण बापत २ हजार मात्र लिन पाउने छन्।
यसअघि सरकारले नै कोरोनाको पीसीआर परीक्षणका लागि शुरुमा ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । तीन साताअघि मात्र त्यसलाई घटाएर ४ हजार ४ सय सम्म लिन पाउने गरी मूल्य तोकेको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति