सरकारले फेरी घटायो कोरोना परीक्षण शुल्क, अब २ हजारमै परीक्षण हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले दोस्रोपटक कोरोनाको पीसीआर परीक्षण शुल्क घटाएको छ ।
अबदेखि पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ रहने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। डा गौतमले अन्राष्ट्रिय बजारमा पीसीआर परीक्षणमा लाग्ने रिएजेन्टको मूल्य घटेकाले शुल्क समायोजन गरी घटाएको जनाएका छन्। सरकारको यो निर्णसँगै अब सरकारी तथा निजी प्रयोगशालाहरुले पीसीआर परीक्षण बापत २ हजार मात्र लिन पाउने छन्।
यसअघि सरकारले नै कोरोनाको पीसीआर परीक्षणका लागि शुरुमा ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । तीन साताअघि मात्र त्यसलाई घटाएर ४ हजार ४ सय सम्म लिन पाउने गरी मूल्य तोकेको थियो ।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने