थप १४ जना संक्रमितले गुमाए ज्यान, कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभर १४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा एक महिला २ जना पुरुष गरी ३ जना, भक्तपुरका २ जना पुरुष, सुनसरीका एक जना पुरुष, पर्साकी ७८ वर्षीया महिला, चितवनका एक पुरुष, तनहुँकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी स्याङ्जा, गोरखा, कास्की र रुपन्देहीमा पनि १\१ जना पुरुषको कोरोनाबाट मृत्यु मन्त्राललयले जनाएको छ ।
नेपालमा संक्रमित हुनेहरुबाट मृत्युको दर शून्य दशमलब ६३ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति