चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राती भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले रिपोर्ट सार्वजनिक गर्दै थप ८७ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।
अस्पतालका अनुसार ५३३ वटा नमुना परीक्षण गर्दा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ७३ जना, रत्ननगरका २ जना, खैरहनीका ४ जना, कालिकाका ८ जना रहेका छन्।
यो विवरण शुक्रबार राती १२ बजे सम्मको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ बजेसम्म देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य