जिल्ला अस्पतालमा पहिलोपटक आन्द्राको शल्यक्रिया
बाजुरा : जिल्ला अस्पतालमा पहिलोपटक आन्द्राको शल्यक्रिया गरिएको छ। गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएको हो।
डा. दुर्गाराज महर्जन नेतृत्वको टोलीमा डा टीकाराम राई, राजेश बर्मा, चूडामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरेको अस्पतालका प्रमुख डा.रूपचन्द्र विश्वकर्माले जानकारी दिए।
अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यही भएको सहभागी डा.राजेश बर्माले बताए। यस्तो शल्यक्रिया गर्दा पाँच लाखसम्म लाग्ने भए पनि पाँच हजारमै सम्पन्न भएको महर्जनले जानकारी दिए।






पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री