स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात
शेर भण्डारी \डडेल्धुरा : बैतडीमा स्वाव संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। जिल्लाको सिगास गाउँपालिका -३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी माथि हातपात भएको हो।
बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिंडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार हातपात भएको हो।
भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धी बैठक चलिरहेको समयमा सामाजिक दुरी र स्वास्थ सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा भानसिँह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले बताए। उनले भानसिँहले मदिरा सेवन गरेर गालीगलौज गरिरहेकाले आफूले सम्झाउँदा हातपात गरेको बताए।
सिगास गाउँपालिका५ मा आज स्वाब संकलन गर्न हिंडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए। स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि बोहराले गाँजरी प्रहरीचौकीमा निवेदन दिएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम