चिकित्सक संघका अध्यक्षले दिए सरकारी सेवाबाट राजीनामा
काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन्।
यही भदौ १ गते दिएको उनकाे राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो। ‘सरकारी सेवामा बसेर काम गर्ने अवस्था नरहेकाले राजीनामा दिएको हुँ’, हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै उनले भने, ‘बाहिरै बसेर जनस्वास्थ्य क्षेत्रमा काम गर्ने विचार गरेको छु।’
काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत उनले हाल स्वास्थ्य मन्त्रालयमा हाजिर गरिरहेका थिए। डा.श्रेष्ठ नेपाल सरकारको १० औं तह (उपसचिव) पदमा कार्यरत थिए।
पछिल्लो समय चिकित्सकीय पेशामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै उनकाे आलोचना हुँदै आएको थियो। आलोचना बढ्दै गएपछि डा.श्रेष्ठले राजीनामा दिएका हुन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’