२४ घण्टामा ९८० जना संक्रमित थपिए, ९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २४ घण्टामा ९८० जना कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ सय १४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यसरी कोरोना संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । हाल देशभर १७ हजार २७ सक्रिय संक्रमित रहेका छन्। यसैगरी कोरोनको आशंकामा ४ हजार ७०३ जना क्वारेन्टाइनमा बसेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३, मोरङमा २, पर्सामा १, झापामा १ र धनुषा र चिवननमा १ \१ गरी ९ जना संक्रमितले ज्यान गुमाएका हुन्। यी मध्ये २ जना महिला र ७ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य