डा भोला रिजाललाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा रिजाललाई ज्वरो आएपछि शनिबार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै उनकी श्रीमतीमा पनि संक्रमण देखिएको छ ।
हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा रिजालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि आइतबारदेखि ह्याम्स अस्पतालको आइसोलेसनमा भर्ना भएको बताएका छन्। उनले भने, ‘मलाई अस्पतालमा काम गर्दा कुनै न कुनै दिन संक्रमित हुन सकिन्छ भनेर तयार नै थिएँ, तर मैले श्रीमतीलाई संक्रमण सारें भन्नेमा चाहिं दुख लागेको छ । अहिले हामी दुबै जना ठिक छौं हल्का ज्वरो बाहेक खासै समस्या आएको छैन्।’
उनले आफूहरुको उमेर र अन्य स्वास्थ्य समस्याका कारणले घरमा भन्दा अस्पताल भर्ना हुनु उचित ठानेर अस्पतालको आइसोलेसनमा आएर बसेको बताए ।
डा रिजालले स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर जोखिम मोलेर सेवामा लागेका बेला उनीहरुको मनोबल बढाएर सहयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त