सरकारले पीसीआर परीक्षणको शुल्क घटायो, अब ४ हजार मात्र

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण ४ हजार रुपैयाँमा मात्र हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको यस अघिको शुल्क परिमार्जन गर्दै शुल्क ४ हजार रुपैयाँ तोकेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आफनै प्रयोगशाला भएका अस्पतालले ४ हजार र प्रयोगशाला नभएका अस्पतालले सेवा शुल्क बापत थप ४ सय गरी अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्र लिन पाउने जनाएका छन्।
यसअघि सरकारले नै पीसीआर परीक्षणको ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो । त्यसो त सरकारी अस्पताल र ल्याबमा पीसीआर परीक्षण निशुल्क रहेको छ । विदेश जान परेमा वा आफूखुशी कोरोना परीक्षण गर्नुपरेमा भने शुल्क तिरेर परीक्षण गर्न पाइनेछ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु